आर्मीलाई पराजित गर्दै एपिएफ समुह विजेता

पाेखरा | असोज ३०, २०७९

आर्मीलाई पराजित गर्दै एपिएफ समुह विजेता

पोखरा : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो । 

 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक को विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए ।  

 

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन । 

 

तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनल प्रवेश गरेको छ । भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ ।  

 

सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेलको खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए । एपिएफकी निरुता ठगुल्नालाई 'वमेन अफ द म्याच' घोषणा गरिएको थियो । 

 

दोस्रो खेल आइतबार दिउँसो  बाग्मती र मधेश प्रदेश बिच हुने प्रतिस्पर्धा हुने तालिका रहेको छ । आजको अन्तिम खेल संगै पहिलो चरणको सबै खेल सकिने छ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ । 


 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्